skip to Main Content

हाम्रो समाज समयको प्रबाह संग समाहित हुँदै ई.सं.२००७ मा स्थापना भएको हो । हामी अझै हुर्किने, सिक्ने र विकासको क्रममानै छौं भन्दा कुनै अत्युक्ति नहोला । आफ्नो ११औं वार्षिकउत्सव भव्यताका साथ मनाएर मर्दीखोला समाज यु के ले समाज सेवाको मूलभूत लक्ष्यलाई अझै सशक्त रुपमा सबलीकरण गर्दै लैजाने अत्माबल लिएर १३औं वर्षमा प्रवेश गरेकोछ । विदेशको बसाइ अनि वर्तमानको परिवेशले हामीलाई हाम्रो पहिचान मूलत: रिति-रिवाज,धर्म – संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धन गर्नको निमित्त अपरिहार्यता निम्त्याएकोछ । सुख अनि दु:ख मा हातेमालो गर्दै आपसी सद्भाव,सहयोग र बन्दुत्वलाई जीवन्त राख्न समन्वयकारी भूमिका खेल्ने एउटा संरचना मर्दीखोला समाज यु के यसैको उपज हो भन्न सकिन्छ । नेपाल, हंग कंग हुँदै बेलायत सम्म आइपुग्दा मर्दीखोला समाज लाई एउटा निश्चित दिशाबोध भएकोछ । हाम्रा अन्तर सम्बन्धहरु अझ झाङ्गिदै गएकोछ । बेलायत भरि छरिएर बसेका मर्दीखोला समाज का सदस्यहरुलाई गोलबन्द गराउने अभिप्रायले स्थापना भएको मर्दीखोला समाज यु के सहयोगी मन लिएर उन्नति र प्रगति बाटाहरु पैल्याउँदै एकता,सद्भाव र आपसी सहयोगका निमित्त प्रक्षेपित लक्ष्यमा पुग्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु । मर्दीखोला समाज यु के स्थापना को १३औं वर्ष सम्म आइ पुग्न यो यात्रा त्यति सहज र सजिलो भने थिएन वाधा अड्चनहरु उकाली ओरालीहरू अवश्य थिए, घाम पानी झरी हुरी वतास बेहोरेर हामी आज यहाँ छौं । दुई शब्द राख्न पाउँदा आफुलाई ठुलो भाग्यशाली ठानेको छु । समय र परिस्थितिले मागेको सानु ठुलो सहयोगका अनुरोधहरु त्यतीकै व्यर्थ जान भने दिएका छैनौं । सहयोग नेपाल का लागी  वा बेलायतका लागी हामी सबै मिलेर सक्दो प्रयास र सहयोग गरि रहेकाछौं । यस्तै सहयोग तथा उद्धारक कार्यहरुमा प्राप्त सफलताहरू लाई कायम राख्दै आगामी दिनहरुमा पनि उपलब्धिमूलक परियोजनाहरु मार्फत अनुकरणीय उदाहरणहरु पेश गर्दै जानु हाम्रो साझा संकल्प हुनेछ । समाजको सेवा गर्ने उत्कट अभिलाषाका प्रयास हरुलाई सफल बनाउन सबै सबैमा हार्दिक अपिल पनि गर्दछु । यहाँहरुले समाजलाई दिनु भएको समय, निश्वार्थ सेवाभाव र समर्पणको उच्च सम्मान गर्दै हार्दिक कृतज्ञता का साथ आभार व्यक्त गर्न चाहन्छु।

अन्तमा सम्पूर्ण मर्दीखोला समाज यु के परिवारमा वर्ष २०७६ गुरुङ ल्हो च्यु -ल्हो (मुसा बर्ग) ल्होछार को पुनित अवसरमा उत्तरोत्तर प्रगति, सुस्वास्थ र सफलताको हार्दिक मंगलमय शुभकामना।

धन्यवाद ।

जय मर्दीखोला समाज यु के

Back To Top